फेशबुकमा निलो कलरमा कमेन्ट लेख्ने रमाइलो ट्रिक ।
फेसबुक बनाउने Mark Zuckerberg लाई
पनि मान्नै पर्छ । फेसबुकले गर्दा आज आफ्ना साथीहरु,आफन्त लगायत
हाम्रो जीवनमा रहेका अन्य व्यक्तिहरु सित अझै नजिकिने तथा विभिन्न देशहरुमा
रहेका नयाँ नयाँ साथीहरु चिनजान गर्ने मौका पनि मिलेको छ । फेशबुकमा रहेका
च्याट, कमेन्ट अनि लाइक गर्ने गेम खेल्ने लगायतका थुप्रै सुविधाले यसले
संसारभरिका करौँडौँ मान्छेहरुलाई मोहनीनी लगाएको छ ।
फेसबुकमा च्याटको मज्जा त छदैँछ
तर साथीको फोटो र स्टाटसमा कमेन्ट हान्न पाउँदा र आफुले पाएको कमेन्टको
रिप्लाई गर्न जतिको मज्जा सायदै अरु केही हुन्छ होला ? फेशबुकमा कमेन्ट
लेख्दा कालो कलरमा देखिन्छ भने त सबैलाई थाहा भएकै कुरा हो तर त्यही कमेन्ट
निलो कलरमा पनि लेख्न मिल्छ भन्ने कुराबाट धेरै साथी अनभिज्ञ हुनुहुन्छ
होला । त्यसैले आजको यो पोस्टमार्फत फेशबुक आर्टले ल्याएको नयाँ कन्सेप्ट
अर्थात फेशबुकमा निलो कलरमा कमेन्ट कसरी लेख्ने त्यसको बारेमा जानकारी
दिदैँछु ।
फेशबुकमा निलो कलरमा कमेन्ट लेख्न
निकै सजिलो छ तर यसले गुप्रमा भने काम गर्दैन अर्थात गुप्रमा निलो कलर
देखिदैँन तर अन्त भने यसले मज्जाले काम गर्छ । जसको लागिः
@@[0:[159551127401927:0: हजुरको कमेन्ट यहाँ लेख्नुहोस]]
माथि दिएको कोडमा
1.हजुरको कमेन्ट यहाँ लेख्नुहोस लाई हटाएर त्यसको ठाउँमा आफ्नो COMMENT लेख्नुहोस ।
2. अब कपि गरेर कमेन्ट बक्समा पेस्ट गर्नुहोस हजुरको कमेन्ट निलोमा देखिनेछ ।
उदाहरको लागि यदि निलो कलरमा I Like This लेख्न चाहानुहुन्छ भने
@@[0:[159551127401927:0: I Like This]]
लेखि त्यसलाई कपि गरेर कमेन्ट बक्समा पेस्ट गर्नुहोस हजुरको कमेन्ट निलोमा देखिनेछ ।
रमाइलो छ नि है ?
0 comments: