इमेज अथवा फोटोहरुलाई password ले protect गर्नुहोस्

यदि तपाईं आफ्नो केही सिक्रेट फोटो वा इमेजहरु अरुले नहेरुन भन्ने चाहनु हुन्छ र ति फोटोहरु कम्प्युटर भित्र अरुले नभेट्ने ठाँउमा लुकाउदा लुकाउदा हैरान भईराख्नु भएको छ भने एउटा यस्तो Freeware software को बारे जानकारी दिन गईरहेको छु जसबाट तपाईंले आफ्नो कम्प्युटरको इमेज वा फोटोहरु password ले protect गर्न सक्नु हुन्छ । एक चोटि password ले protect गरीसकेपछि उक्त इमेजलाई सही password बिना कसैले पनि खोल्न सक्दैन
LockImage नामक यो software ले इमेजलाई password ले protect गरेर .exe फाइलमा कन्भर्ट गरीदिन्छ । एकदमै सानो आकारको (8.63kb) को यो software तपाईंले install गरीराख् नु पर्दैन ।

Software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

प्रयोग गर्ने तरिका :
१) "File" मा गएर "open" मा क्लिक गर्नुहोस् र आफ्नो इमेजको location दिएर open गर्नुहोस् ।

२) तपाईंको इमेज यसै भित्र खुल्नेछ , इमेजलाई lock गर्न फेरी "file" मा क्लिक गर्नुहोस् र "save as" गर्नुहोस् । अब locked इमेज कहाँ save गर्ने location अनी नाम दिएर save बटनमा क्लिक गर्नुहोस् ।


३) अब तपाईंले त्यहा password हाल्ने option देख्नुहुनेछ, password हाल्नुहोस् र ओके गरिदिनुहोस् ।


४) तपाईंको इमेज .exe फरम्याटमा save भयो । अब उक्त इमेज तपाईंले अघि राख्नु भएको password हालेर मात्र खोल्न सकिनेछ ।

Note: आफ्नो महत्वपूर्ण इमेजहरु यो software ले protect गरीसकेपछि orginal इमेजलाई डिलिट नगर्नुहोला । किनभने तपाईंको इमेजलाई यसले .exe फरम्याटमा परिवर्तन गरिदिएको हुन्छ र उक्त इमेजलाई फेरी अरु propuse मा प्रयोग गर्न नसकिने हुन्छ ।
ENJOY !!!

0 comments:

कसरी Right-Click Disabled गरिएका साईटहरुबाट इमेज कपि गर्ने

तपाईंहरुले अनुभब गर्नु भएकै होला कुनै कुनै वेबसाईट वा ब्लगहरुमा "right-clcik" disable गरिएका हुन्छन । तर आजको दिनहरुमा यसरी JavaScript वा अरु कुनै कोडको प्रयोग गरेर यसरी "right-clcik" लाई Disable गर्नु भनेको मुर्ख्याई साबित भई सकेको छ । आजको दिनमा पनि केही वेबमास्टर वा ब्लगरहरुले यो method अपनाइराखेकै छन तर यसले फाईदा भन्दा पनि बढी बेफाईदा नै गरिराखेको हुन्छ । यदि तपाईं पनि यस्तै method अपनाउने मध्यमा पर्नु हुन्छ भने एक चोटि ध्यानदिएर यो पढ्नुहोस् त (Click Here)

यसरी वेबसाईटहरुमा "right-click" Disable गर्नुको प्रमुख कारण भनेको वेबसाईट visitor हरुले आफ्नो साईटको Artical वा Image चोरी गर्लान भनेर नै हो तर यो नै कारणलाई लिएर यदि तपाईंले पनि यो तरिका अपनाउनु भएको हो भने तपाईंलाई पनि मुर्खको क्याटगरीमा राख्दा केही फरक नपर्ला किनभने यसरी right-clcik protect गरिएका साईटहरु बाट इमेज कपि गर्न right-click गरेर बाहेक अरु धेरै तरिकाहरु छन ।
तल यस्तै "Right-click" Disable गरिएका साईटहरु बाट इमेज कपि गर्ने ३ तरिका बारे चर्चा गरिएका छन :

) Image लाई Desktop अथवा browser को address बारमा Drag & drop गरेरयो एउटा सजिलो तरिका हो । तपाईंले मात्र कपि गर्नु पर्ने इमेजलाई click गरेर Drag (क्लिक गर्दा गर्दै तानेर) गरेर डेस्कटपमा वा अन्त कतै Local डिस्कमा लगेर छाडिदिनुहोस् । इमेज Automatically त्यहा डाउनलोड भएर त्यहा save हुनेछ । यो Firefox र Internet Explorer ब्राउजर दुइटैमा काम गर्छ ।
अथवा
तपाईंले इमेजलाई Drag गरेर Firefox ब्राउजरको Address बारमा लगेर छाडिदिनुहोस् यस्रो गर्दा उक्त ब्राउजरमा तपाईंको इमेज लोड हुनेछ र त्यसपछि तपाईं उक्त इमेजलाई right-click गर्नमा फ्री हुनुहुनेछ ।

) Firefox ब्राउजरमा पेज info. open गरेर
यदि कुनै कारणबास Drag and Drop method ले काम गरेर भने यो तरिका अपनाउन सकिन्छ ।
@ Firefox मा इमेज कपि गर्नु पने साईट खोल्नुहोस्
@ मेनु बारमा रहेको Tools मा क्लिक गरेर त्यहा Page Info. मा जानुहोस् ।
@ Media Tab मा क्लिक गर्नुहोस् ।
@ त्यहा तपाईंलाई डाउनलोड (copy) गर्नु पर्ने इमेज खोज्नुहोस् र क्लिक गर्नुहोस् ।
@ अब "Save As" बटन मा क्लिक गरेर location दिएर ओके गर्नुहोस् ।

) Print screen, crop, save
यदि माथिको method हरुले काम गरेन भने अन्तिम तरिका यो पनि हुन सक्छ । यो राम्रो तरिका नभए पनि यसरी पनि सजिलै इमेज लाई कपि गर्न सकिन्छ । तर यसमा तपाईंलाई इमेजलाई printsereen गरेर crop गरीराख्नु पर्ने झन्झट छ ।
@ इमेज कपि गर्नु पर्ने साईट खोल्नुहोस् ।
@ ब्राउजरमा Scroll गरेर कपि गर्नु पर्ने इमेज देखिने गरी राख्नुहोस् ।
@ अब तपाईंको keyboard मा भएको "Print Screen" बटन थिच्नुहोस् ।
@ MS Paint प्रोग्राम अथवा अरु कुनै इमेज editing सफ्टवयर खोल्नुहोस् ।
@ "Ctrl+V" गर्नुहोस् ।
@ त्यहा तपाईंको स्क्रीनमा देखिएको जस्तै इमेज पेस्ट हुनेछ र अब तपाईंलाई चाहिने इमेजलाई मात्र corp गरेर save गर्नुहोस् ।

Right-click Disable गरिएका वेबसाईटहरु बाट यि तरिका अपनाएर इमेजलाई कपि त गर्न सकिन्छ तर यो पनि बिचार गर्नु जरुरी छ कि copyright गरिएका वा permission बिना कपि गर्न निषेध गरिएका इमेजहरुलाई बिना permission कपि गरेर आफ्नो प्रयोजनको लागि प्रयोग गर्नु illegal नै हो ।

0 comments:

To fix lost password in Windows XP

कहिले खाली जानी वा नजानी कुनै पनि कुरा बिर्सिन सक्छ, अरुमा त फरक नपर्ला तर तपाईंले आफ्नो कम्प्युटर खोल्नको लागि राख्नु भएको password नै बिर्सिनु भयो भने चाँही समस्या पर्न सक्छ हैन र ?
यदि तपाईं password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने तल उल्लेखित केही tips को प्रयोग गरेर password लाई हटाउन सक्नु हुन्छ ।

१) जब तपाईं कम्प्युटर स्टार्ट गर्नु हुन्छ त्यती बेला F8 कि press गर्नुहोस् ।
२) तपाईंले boot menu option देख्न सक्नु हुनेछ र त्यहा तपाईंले "Safe Mode" लाई छान्नुहोस् ।
३) जब "Safe Mode" मा जानु हुन्छ तपाईंलाई password सोधिने छैन र तपाईंको कम्प्युटर खुल्नेछ ।
४) कम्प्युटर खुलिसकेपछि run मा जानुहोस् र त्यहा nusrmgr.cpl टाईप गर्नुहोस् र Enter गर्नुहोस् ।
५) windows user account पेज खुल्नेछ । त्यहा तपाईंले password protect गर्नु भएको account खोल्नुहोस् र password लाई delete गरिदिनुहोस् ।
६) अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंको password हटिसकेको हुनेछ ।
७) अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई नयाँ password ले protect गर्न सक्नु हुनेछ ।

Enjoy !!!

0 comments:

विन्डोज XP मा Task Manager र registry edit लाई Disable गर्न

तपाईं आफ्नो कम्प्युटरको registry edit सिस्टम कसैले नचलाओस भन्ने चाहनु हुन्छ ? अथवा कसैले तपाईंको कम्प्युटरको registry चलाईदिएर दिक्क मानिरहनु भएको छ ???

हुन पनि हो कम्प्युटरको registry part एकदम सम्बेदनशिल हुन्छ र कसैले यसलाई नजानीकन चलाईदियो भने पुरै कम्प्युटरको सिस्टममा नै खराबी आउन सक्छ । त्यसैले यो part लाई कसैले नचलाओस भन्नको लागि हामीले कम्प्युटरको registry editor लाई नै disable गरेर राख्न सक्दैनौ र ?
अबस्य पनि सक्छौ । र त्यसको लागि सजिलो तरिका तपाईंले तल दिईएका script लाई डाउनलोड गरेर प्रयोग गर्नु पर्ने हुन्छ ।
त्यस्तै तल राखिएको अर्को script को प्रयोग बाट कम्प्युटरको Task Manager लाई पनि disable गरेर राख्न सकिनेछ ।

Registry Editor लाई disable गर्ने script डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
Task Manager लाई disable गर्ने script डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

हरेक script लाई डाउनलोड गरीसकेपछि save भएका फाइल हरु regtools.vbs.txt र TaskMrgtools.vbs.txt लाई rename गरेर पछाडिको .txt लाई हटाइदिनुहोस् र आएको मेसेजमा Yes गरिदिनुहोस् । अब ति फाइलहरु .vbs script मा चेन्ज हुनेछ । अब registry editor लाई disable गर्न regtools.vbs लाई double click गर्नुहोस् । तपाईंको कम्प्युटरको Registry Editor disalbe हुनेछ । यदि फेरी तपाईंलाई यो enable गर्नु परेमा फेरी त्यही script लाई double click गर्नुहोस् । भन्नुको मतलब Script लाई पहिलो चोटि क्लिक गर्दा disable र दोस्रो चोटि क्लिक गर्दा enable हुनेछ ।

Enjoy !!!

0 comments:

कुनै पनि फरम्याटको फाइललाई windows Media Player मा कसरी play गराउने ?




धेरैजसोलाई अरु कुनै Media Player हरु भन्दा Windows Media Player नै मन पर्छ । तर कहिलेकाही यही Player ले दिक्क लगाउछ किनकी यसमा कुनै कुनै फरम्याटका भिडियो वा अडियो play भई दिदैन र घरि कुन घरि कुन Codec मागीरहन्छ । हरेक फरम्याटका Codec हरु download गरिरहनु पनि साध्य हुँदैन । ल download नै गरौँ भने पनि ति चाहिएका Codec हरुलाई खोज्नलाई नै धेरै टाईम लाग्छ र download गर्दा गर्दै टाईम Waste हुन्छ ।

यस्तोमा यो समस्या समाधानको लागि तपाईंले एकमुस्ट रुपमा उपलब्ध "K-Lite Codec Pack" Download गरेर चैनको सास लिन सक्नु हुन्छ । "K-Lite Codec Pack" मा अहिले सम्म उपलब्ध सबै जसो Codec हरु समेटिएका छन । एकचोटी तपाईंले आफ्नो कम्प्युटरमा यो pack install गरीसकेपछि तपाईंको windows Media Player मा लगभग सबै फरम्याटका फाइलहरु जस्तै: real media, 3GP files, Quick time movies, Mp4 files, DivX files, HDTV files, FLV आदि play हुनेछ ।

यसरी तपाईंको मन पर्ने Player को लागि यो एउटा option हुन सक्छ । यो "K-Lite Codec Pack" ३ वोटा भर्सनमा उपलब्ध छन ।
K-Lite Codec Pack: Basic, Standard Full

* K-Lite Codec Pack Basic contains: only the most essential things. It contains everything you need to be able to play the most popular and widespread formats. It is small enough to fit on a single floppy. Also great for including on your movie CDs.
* K-Lite Codec Pack Standard contains: everything you need to play all the commonly used formats. This package should be enough for the average user.
* K-Lite Codec Pack Full contains: even more codecs. It also has encoding support for the various formats. This package is for power users and people who do their own encodings.

Download Page मा जान यहाँ क्लिक गर्नुहोला ।

0 comments:

घरमा बसी बसी संसार भरिको साथीहरुको कम्प्युटर चलाऊनुस्

के तपाईं लाई थाहा छ तपाईं घरमा बसी बसी संसार भरिको साथीहरुको कम्प्युटर चलाऊन सक्नु हुन्छ ?? फाइलहरु transfor गर्न सक्नु हुन्छ । एउटा यस्तो सफ्टवेर छ जुन तपाईंले आफ्नो कम्प्युटरमा डाउनलोड गर्नु पर्ने हुन्छ र तपाईंले चलाऊन चाहनु भएको कम्प्युटरमा पनि त्यो सफ्टवेर डाउनलोड भएको हुने पर्छ ।
सबै भन्दा राम्रो desktop sharing प्रोग्राम साबित भईसकेको Team Viewer प्रोग्राम अझै नयाँ भर्सन TeamViewer 6.0 Build 10124 Final मा उपलब्ध भईसकेको छ । यो फ्री प्रोग्राम मा डेस्कटॉप शेयरिंग, फाइल ट्रान्सफर, अडियो, भिडियो च्याट जस्ता नयाँ सुबिधाहरु जोडिएर आएको छ जसले यो प्रोग्रामलाई अझै उपयोगी बनाउन मद्घत गरेको छ । यसमा QuickJoin नामको नयाँ सुबिधा छ जो प्रेजेंटेशनको लागि अति उपयोगी छ । यो प्रोग्राम अहिले पहिले भन्दा धेरै स्पीडमा र हेर्नको लागि आकर्षक भएको छ । अब तपाईं यसबाट एक भन्दा धेरै जना हरुसँग छिटो र सजिलै connection हुन सक्नुहुनेछ । यदि कारणबस connection छुटी हाले पनि आँफै फेरी जोड्ने (स्वचालित) हुने यो नया भर्सन पहिले भन्दा धेरै सुरक्षित पनि छ किनकी यसमा तपाईंले धेरै बिकल्पहरुमा पासवोर्डले protect गर्न पाउनु हुनेछ ।

सिर्फ 3.4 mb मा उपलब्ध यो software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

software डाउनलोड गरी सके पछी त्यहा ID र password display भएको हुन्छ , त्यस्तै तपाईंको साथीकोमा पनि display भएको हुन्छ । तपाईंले connect गर्न चाहनु भएको साथिको ID र password आफ्नोमा राखी connect गरे पछि तपाईंको डेस्कटपमा साथीको डेस्कटप display हुनेछ , त्यसपछी तपाईंले option मा remote suport , file transfor आदी गर्न सक्नु हुनेछ । एक चोटि connect भई सके पछि तपाईंले आफ्नो कम्प्युटरमा save गरेको Data हरु साथीको कम्प्युटरमा पठाउन सक्नु हुनेछ वा साथीको Data हरु आफ्नोमा transfor गर्न सक्नु हुनेछ । एकदम रमाइलो यो सफ्टवेर एक चोटि चलाएर हेर्नुस् अनी भन्नुस ।
" तर यो सफ्टवेर चलाऊदा आफ्नो ID र password जो सुकै लाई नदिनु होला नत्र तपाईंको महत्वपूर्ण फाइलहरु तपाईंको partner ले एताउता वा Delete गरी दिन सक्छ"

0 comments:

आँफैले आफ्नो कम्प्युटरलाई slow बनाइराख्नु भएको छ कि ?

यो समस्या सबैले भोगेकै हो कि कम्प्युटर निकै ढिलो खुल्छ,ढिलो चल्छ, कुनै प्रोग्राम खुल्न निकै टाईम लाग्छ आदी आदी । हामी सबै जसोको कम्प्युटरमा Core2Duo, i3, i5 प्रोसेसर र १,२ वा ४ जिबी सम्म्को ram होला । यो सुरु नै हुन्छ ढिलो र काम पनि ढिलो । त्यसमाथी हामी आँफैले जानीजानी वा अन्जानमा आफ्नो कम्प्युटरलाई ढिलो बनाउने काम गरिरहेका हुन्छौ । यसको प्रमुख कारण हो स्टार्टअप प्रोग्राम । हामीले आफ्नो स्टार्टअप प्रोग्रामलाई एडिट वा ब्यबस्थित गरेर कम्प्युटरलाई छिटो बनाउन सक्छौ ।

स्टार्टअप प्रोग्राम भनेको त्यो हो जुन तपाईंको कम्प्युटर खुल्ने बित्तिकै आँफै सुरु हुन थाल्छ, जुन कम्प्युटरको taskbar को shortcut icon मा देखापर्छ । यसरी देखिएका icon कम्प्युटर स्टार्ट हुने बितिक्कै आँफै खुलेका प्रोग्रामहरु हुन । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि तपाईंले कुनै प्रोग्रामलाई खोलेर मिनिमाइज गरेको जस्तै । यानी कि कम्प्युटरमा एउटै समयमा अन्जानमै एक भन्दा धेरै प्रोग्रामहरु चलीरहेका छन । यसमा कुनै कुनै जरुरी पनि हुन्छ तर धेरै जसो तपाईंलाई जरुरतै छैन । जतीधेरै स्टार्टअप प्रोग्राम हुन्छ त्यती नै धेरै कम्प्युटर slow हुने गर्दछ ।

त्यसैले तपाईंले यि स्टार्टअप प्रोग्रामलाई हेरेर कुन कुन प्रोग्राम आफुलाई जरुरी छ त्यसलाई मात्र enable राखी अरुलाई disable गरी आफ्नो कम्प्युटरको गतीलाई छिटो बनाउन सक्नु हुन्छ ।

कम्प्युटरको startup प्रोग्राम हेर्नको लागि:-


@ start बटन मा क्लिक गरेर Run option मा क्लिक गर्नुहोस्
@ खुलेको window मा msconfig टाईप गर्नुहोस् ।
@ ok बटनमा क्लिक गर्नुहोस्
@ System Configuration Utility को window खुल्नेछ ।
@ त्यहा StartUp Tab मा क्लिक गर्नुहोस्
@ त्यहा आफ्नो कम्प्युटरमा चलीराखेका प्रोग्रामहरुको लिस्ट र रजिस्ट्री कि हरु देखिनेछ ।
@ यो लिस्टमा तपाईंले जुन प्रोग्रामलाई startUp बाट हटाउन चाहनु हुन्छ त्यसलाई uncheck गर्नुपर्ने हुन्छ ।

ध्यान दिनुपर्ने कुरा तपाईंले यि प्रोग्रामहरुलाई uncheck गर्दा Antivirus र अरु जरुरी प्रोग्रामहरुलाई uncheck नगर्नुहोला । सिर्फ यस्ता प्रोग्रामहरु मात्र हटाउनुहोस् जसको बारेमा तपाइलाई थाहा छ जस्तै : Winamp Agent, Google Talk, Adobe reader Launche वा अरु तपाईंले install गर्नु भएका application हरु ...

Enjoy!!!

0 comments:

आफ्नो वेब-ब्राउजरको पुण्य-तिथी ( एक्स्पाईरी डेट ) थाहा छ

..एउटा नयाँ शोधमा यो कुरा अगाडि आएको छ कि ईन्टरनेट प्रयोगकर्ताहरु मध्य ४० प्रतिशत आफ्नो ईन्टरनेट ब्राउजरलाई अप टु डेट राख्दैनन भन्नुको मतलब नयाँ update आईसक्दा पनि आफ्नो पुरानो ब्राउजरलाई त्यतिकै राख्दछन update गर्दैनन । जसको परिणाम स्वरुप अन-लाइन सुरक्षामा खतरा हुन्छ र उनिहरुको कम्प्युटरमा भाईरस आक्रमण र अरु सँक्रमणको शिकार भईरहन्छ ।

शोधकर्ताहरुमा गूगल र आई बि एम का बिशेशग्यहरु शामिल थिए र यो आकँडा विस्वसनिय होस् भन्नको लागि विश्वभरीका १०४८ बिलियन नेट प्रयोगकर्ताहरुको खाताको जानकारी राखिएको थियो जसमा IE7, फ़ायरफ़ाक्स, सफ़ारी, ओपेरा आदी सबै ब्राऊजरहरुको प्रयोग गर्नेहरु शामिल थिए ।
जसअनुसार पुरानो भर्सन प्रयोग गर्नेहरुमा विन्डोजमा चल्ने ईन्टरनेट-एक्स्प्लोरर प्रयोगकर्ताहरु सबै भन्दा बढी छन भने फ़ायरफ़ाक्सको प्रयोगकर्ता सबैभन्दा कम ।
त्यसैले तपाईंपनि आफ्नो कम्प्युटरको वेब ब्राउजरलाई अप टु डेट राख्ने गर्नुहोस् र सम्भाबित सन्क्रमण र आक्रमण बाट बच्नुहोस् , यदि तपाईंको ब्राउजरमा Auto अपडेट option छ भने त्यस्लाई चालु राख्नुहोस् अन्यथा आँफै यो कार्य गर्नुहोस् ।
त्यसो त अहिले यो आईडियामा बिचार बिमर्श जारी छ कि हरेक ब्राउजरमा एक्स्पाइरी डेट राख् ने जस्तोकि औषधी, दुध, पाउरोटीहरुको एक्स्पाइरी डेट हुने गर्छ जसले गर्दा प्रयोगकर्ताहरुमा ब्राउजरलाई नबिकरण गर्ने बारे याद गर्न मद्घत मिल्नेछ ।
पुरा शोधको जानकारी यहाँ क्लिक गरेर हेर्नसक्नु हुनेछ ।

0 comments:

How To Activate Windows 7 For Free ?

विन्डोज 7 लाई activate गरी genuine बनाउने कि ?

तपाईं windows 7 अपरेटिङ सिस्टम चलाऊदै हुनु हुन्छ तर तपाईंको त्यो system Genuine हैन भने तपाईंको desktop मा बेला बेलामा "This copy of Windows is not genuine" भन्ने मेसेज आईरहेको नै होला ।

यदि तपाईंले उक्त मेसेजलाई क्लिक गरी Activate गर्न खोज्नु भयो भने Activate key तपाईंले किन्नु पर्ने हुन्छ । पहिलाको system Windows XP मा त बिभिन्न तरिका अपनाएर यो warning लाई सजिलै bypass गर्न सकिन्थ्यो ( यहा क्लिक गरेर हेर्नुहोस्)
तर Windows 7 मा यसलाई bypass गर्न त्यती सजिलो छैन किनकी यसमा माईक्रोसफ्ट कम्पनीले security राम्रो सँग गरेको देखिन्छ ।
मैले पनि ईन्टरनेटमा धेरै सर्च गरी हेरे यसको Activation Key पाउन तर कुनै पनि valid भएन, धेरै crack हरु पनि भेट्टाए तर कुनैले पनि काम गरेन । तपाईंहरुको प्रयास पनि यसरी नै खेर गई रहेको हुन सक्छ । यस्तै खोज गर्दै जादा भर्खरै एउटा WAT Remover Tool for Windows 7 भन्ने भेट्टाएँ WAT को मतलब (Windows Activation Technology) रहेछ । use गरी हेरे साँचै नै काम गर्ने रहेछ । त्यसैले यस्तै खोजीमा लागेका साथीहरुलाई सजिलो होस् भनेर share गर्न खोजेको छु । यो एउटा Windows Activation Technology हो जसले 32bit र 64bit को windows 7 system मा काम गर्छ र यसले तपाईंको system लाई Genuine बनाउछ ।
@ यो software ले Windows 7 Operating System मा मात्र काम गर्छ अरु system लाई support गर्दैन । यदि तपाईंले अरु Operating System मा ट्राइ गर्नु भयो भने तपाईंले error मेसेज पाउनुहुनेछ ।
@ यो patch software ले तपाईंको windows 7 सिस्टमलाई पूर्ण रुपमा Activate गर्छ र त्यसपछि तपाईंले आफ्नो windows को updates पनि receive गर्न सक्नु हुनेछ ।
@ के तपाई पनि ट्राइ गरेर नहेर्ने त ?

Software Download गर्नको लागि यहाँ क्लिक गर्नुहोला

software लाई download गरीसकेपछि unzip गर्नुहोस् , unzip गर्दा password माग्नेछ,
password : thumperdc.com
Readme फाइलमा पनि लेखिएको छ हेर्नुहोला ।

0 comments:

भिडियो हेर्नु भयो ? त्यसलाई आफ्नो कम्प्युटरमा कपि गर्नुहोस्

youtube.com, googlevideo.com, video.com.np लगायत अरु धेरै भिडियो sharing साईटहरुबाट जब हामी कुनै भिडियो हेर्छौ त्यो भिडियो हाम्रो कम्प्युटरको local disk मा cache को रुपमा स्टोर भईरहेको हुन्छ । यो कुरा धेरैजसोलाई थाहा छैन र हामीले हेरीसकेको भिडियो आफ्नो कम्प्युटरमा save गर्नको लागि फेरी कुनै downloading software को सहायता लिएर फेरी download गर्छौ । जबकि उक्त भिडियो पहिले नै browser cache मा save भई सकेको छ भने फेरी किन त्यही भिडियोलाई download गरेर टाईम loss गर्ने ???

त्यसैले आज यस्तो एउटा utility को बारेमा चर्चा गर्नेछु जसको मद्घतले हामीले watch गरेको भिडियोलाई browser cache बाट सजिलै तपाईंले desktop वा local disk मा कपि गर्न सक्नु हुनेछ । यो utility बाट तपाईंले कुनै पनि हेरिसकेको भिडियोलाई सिधै save गर्न सक्नुहुनेछ र यसको लागि अरु कुनैपनि downloading software को जरुरत पर्दैन ।

अब यो utility को बारेमा केही चर्चा गरौ ...
यो utility को नाम हो "Video cache viewer" र यसले माथि भनिए जस्तै तपाईंले watch गरीसकेको भिडियोलाई सिधै कपि गर्न मद्घत गर्छ । सामान्यतया हामीले watch गरिसकेको भिडियो अटोमेटिकल्ली Browser Cache मा store भईसकेको हुन्छ र त्यही store भएको भिडियोलाई यो utility को मद्घतले आफ्नो कम्प्युटरको local disk मा कपि गर्ने हो जसलाई हामीले भबिस्यमा फेरी कुनै पनि बेला watch गर्न सक्छौ । यहाँनिर यो पनि याद राख्नु जरुरी छ कि हामीले हेरेको सबै भिडियोहरु cache मा store हुँदैनन तर पनि धेरैजसो चाँही store नै हुने गर्छ ।

यो "video cache viewer" ले automatically Internet Explorer र Mozilla firefox वेब ब्राउजरको सबै cache हरु स्क्यान गर्छ र त्यहा store भएका video cache (Video file) लाई देखाउछ । यदि cache present छ भने यसले cache application window मा video display गर्छ र त्यो display भएको video लाई नै हामीले आफुले चाहेको ठाउमा save गर्ने हो । त्यसैले अब चिन्ता नगर्नुहोस् , तपाईंले एक चोटि watch गरिसकेको video लाई save गर्न अरु software को प्रयोग गर्नु पर्नेछैन ।

.................................यो utility डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला




utility डाउनलोड गरिसकेपछि install गरेर run गर्नुहोस् त्यहा तपाईंले केही option हरु देख्नुहुनेछ तर हामीलाई अरु option को त्यती जरुरी छैन , हामीलाई मात्र “Play selected File” र “Copy selected Files To…” option को जरुरी छ ।

“Play selected File”
यो option त्यहा display भएका video हरु मध्य कुनैलाई highlight गरेर play गर्न काममा आउछ तर तपाईंको कम्प्युटरमा भएको player ले .flv फरम्याटको फाइल support गर्ने हुनु जरुरी छ । (यदि तपाईंसँग .flv player छैन भने यहाँ क्लिक गरेर player डाउनलोड गर्न सक्नुहुनेछ । )

“Copy selected Files To…”
यो option नै सबैभन्दा काममा आउछ किनकी यसैबाट हामीले select गरेको भिडियोलाई आफ्नो कम्प्युटरको local disk मा location browse गरेर save गर्न सक्छौ ।

अरु option हरु पनि usefull नै छन use गरेर हेर्नुहोला ।

0 comments:

How to install old program on windows 7



Windows 7 मा अक्सर पुरानो Windows सँस्करण (जस्तै: Windows XP) को लागि बनेका Software Install गर्नमा समस्या आएको गुनासो सुनिन्छ । यस्तोमा एउटा सजिलो तरिका प्रयोग गरेर पुरानो Software वा Driver हरु Windows 7 मा install गर्न सकिन्छ । यो तरिका बारे जानकारी लिउं, Windows 7 मा एउटा थपिएको सुबिधा बारे धेरैलाई जानकारी नभएको हुन सक्छ त्यो हो Troubleshoot Compatibility जसको प्रयोग गरेर यो काम सजिलै सम्पन्न गर्न सकिन्छ ।

तपाईंले जुन Software वा Driver Install गर्न चाहनु भएको छ त्यसको Setup फाइलमा राईट क्लिक गर्नुहोस् , त्यहा देखिएका Option हरुमा तपाईंले Troubleshoot Compatibility पनि देख्न सक्नु हुनेछ त्यसमा क्लिक गर्नुहोस् ।

अब एउटा नयाँ Window खुल्नेछ जसमा Compatibility Detect गरिनेछ । यो प्रकृयामा केही क्ष्यण लाग्नेछ, केही बेर पर्खिनुहोस् जब यो प्रकृया पुरा हुनेछ तपाईंले यस्तो Window खुलेको पाउनु हुनेछ ।


यहाँ २ वटा Option हुन्छ, पहिलो Option Try Recommended Settings मा क्लिक गर्नुहोस् ।
यो गरिसके पछि तपाईंलाई जानकारी दिईनेछ कि तपाईंले जुन प्रोग्राम install गर्न खोज्नु हुँदैछ त्यो कुन windows संस्करणको लागि उपयुक्त छ ।


यो Window मा Start The Program बटनमा क्लिक गर्नुहोस् , तपाईंको प्रोग्राम सजिलै Install हुनेछ ।

जब program install भईसक्नेछ फेरी एउटा Program Compatibility window खुल्नेछ त्यसमा ३ वटा बिकल्प हुनेछ । जस्तै :


यदि तपाईंको Program Install भईसकेको छ र फेरी यस्तै program हरु Install गर्नु पर्ने छ र Troubleshoot Compatibility को प्रकृया दोहर्याउनु नपरोस भन्ने चाहनु हुन्छ भने Yes, Save these settings for this program बिकल्पमा क्लिक गरी यि प्रकृयालाई सुरक्षित गरिदिनुहोस् र उक्त Window लाई बन्द गरिदिनुहोस् ।

नोट: यसरी तपाईंले आफ्नो पुराना software वा प्रिन्टर Driver हरु Windows 7 मा Install गर्न सक्नु हुनेछ तर जहाँ सम्म सम्भब नयाँ Windows 7 को लागि बनेकै software वा Driver हरु नै उपयोग गर्नु उचित हुन्छ पुराना Antivirus, Disk Utility program वा अरु system related program हरु यो तरिका अपनाएर install नगर्नु नै उचित हुन्छ किनकी यसले तपाईंको कम्प्युटरलाई हानी पुर्याउन सक्छ साथसाथै .msi एक्सटेंशन भएका program हरुमा यो तरिकाले काम गर्दैन

0 comments:

निःशुल्क सन्देश पठाउने सफ्टवेयर


एउटा मोबाइलबाट अर्को मोबाइलमा लिखित सन्देश -(एसएमएस) पठाउन अब खर्च नलाग्न सक्छ किनभने हालै एउटा सफ्टवेयरको विकास भएको छ जसको माध्यमवाट निःशुल्क एसएमएस पठाउन सकिन्छ। भारतीयमूलका सवीर भाटियाको कम्पनी ज्याक्सटर इंकले उक्त सफ्टवेयर हालै सार्वजनिक गरेको हो। सन् १९९६ मा ज्याक स्मिथसँग मिलेर भाटियाले हटमेल बनाएका थिए। पछि उक्त हटमेल बिल गेट्सको कम्पनी माइक्रोसफ्टलाई बेचिएको थियो। तिनै भाटियाले मोबाइलको संसारमा नयाँ क्रान्ति ल्याएका हुन्। निःशुल्क एसएमएस पठाउन मिल्ने 'ज्याक्स्टर एसएमएस' नामको उक्त सफ्टवेयर हालै मुम्बईमा सार्वजनिक गरियो। निःशुल्क एसएमएसको विकासलाई मोबाइल सेवा प्रदायक कम्पनीले कसरी लिनेछन्, यो अर्कै कुरा हो। यद्दपि ज्याक्सटर एसएमएसले विश्वका करिब दुई सय देशका सेवाग्राहीलाई प्रभावित बनाउनेछ।
ज्याक्सटर एसएमएस कुनै पनि मोबाइल फोनमा प्राप्त गर्न सकिनेछ। सन्देश प्राप्त गर्ने मोबाइलधनीसँग यो सफ्टवेयर हुन आवश्यक छैन। त्यसो त यो यस्तो सफ्टवेयर हो, जसका लागि प्रयोगकर्ताले कुनै इन्टरनेट एप्लिकेसन डाउनलोड गरिरहनु पर्दैन। आइफोन, एन्ड्रोइड, ब्ल्याकबेरी जस्ता मोबाइल प्लेटर्फममा यो सफ्टवेयर सजिलै डाउनलोड गर्न सकिन्छ। भाटियाले भनेका छन्- '१५ वर्षअघि हामीले विश्वलाई हटमेल उपहार दिएका थियौं, आज ज्याक्सटर एसएमएस दिँदैछौं।'
सफ्टवेयर Download गर्न यहाँ क्लिक गर्नुहोला

0 comments:

Fences - Make your desktop more attract

कम्प्युटरको Desktop भरिएर हैरान हुनु भएको छ ? नचाहदा नचाहदै पनि आफ्नो Desktop मा कुनै प्रोग्रामको Shortcut वा प्रोग्रामहरुको लिन्क वा फाइल फोल्डरहरु राख्नै पर्ने बाध्यताको सामना गर्नु परेको छ ?
सकेसम्म सबैले आफ्नो कम्प्युटरको Desktop सफा तर आफुले चाहेको प्रोग्राम अनी फोल्डरहरुको Shortcut लिन्क सजिलै उपलब्ध होस् भन्ने नै चाहन्छन । तर यस्तै लिन्क अनी Shortcut हरुले गर्दा नै Desktop भरिएको हुन्छन र फोहर देखिने कुरा सामान्य नै हो । तर के यिनै Desktop को समस्या समाधान गर्ने कुनै Software को महसुस गर्नु भएको छ ?
अबस्य पनि सबैले चाहेको यो समस्या समाधानको लागि एउटा फ्री मा उपलब्ध यस्तो Software छ जसको मद्त बाट तपाईंले आफ्नो कम्प्युटरको Desktop सफा अनी आफुले चाहेको प्रोग्रामहरु , फाइलहरु अनी महत्वपूर्ण Shortcut हरु Mannage गरेर राख्न सक्नु हुनेछ । यहाँ अहिले यस्तै एउटा Software को बारे चर्चा गर्न लागिएको छ ।
Fanecs एउटा यस्तै समस्या समाधानको लागि बनेको Software हो जुन तपाईंले फ्री मा प्रयोग गर्न सक्नु हुन्छ । 9.03 mb मा उपलब्ध यो Software को मद्तले तपाईंले आफ्नो Desktop लाई राम्ररी Manage गर्न सक्नु हुनेछ । यो Software मा उपलब्ध Option हरु बाट तपाईंले आफ्नो Desktop लाई अझ धेरै राम्रो र सुबिधाजनक बनाउन सक्नु हुनेछ ।
सोच्नुहोस् तपाईं सँग धेरै Desktop Icon हरु छन , जुन तपाईंको लागि महत्वपूर्ण नै छन । यि Icon हरु हटाएमा तपाईंलाई आफ्नो चाहिने प्रोग्रामहरु सम्म पुग्न धेरै सर्च गर्नु पर्ने हुन्छ । यो Software को मद्त बाट तपाईंले यि सबै Icon हरुलाई सजिलै Mannage गर्न सक्नु हुनेछ र एक क्लिक बाट सबै Hide पनि गर्न सक्नु हुनेछ । आफुलाई चाहिने Icon , फोल्डर अनी प्रोग्रामहरुलाई आफुले चाहेको Box मा आफ्नो नाम दिएर समेटेर राखी आफ्नो Desktop बाट लुकाइ राख्न र आफ्नो माउसको Double क्लिक बाट Show गर्न सक्नु हुनेछ ।
Software को महत्वपूर्ण पक्ष :
@ Icon हरुलाई Categories अनुसार छुट्याएर राक्न सकिने
@ जती धेरै Icon हरु भए पनि Categories छुट्याएर राखे पछि Desktop सफा देखिने
@ सबै Icon हरुलाई सजिलै Double क्लिक बाट Hide गर्न सकिने
@ आफुले चाहेको जती Fences Creat गर्न सकिने
@ Creat गरेको Fancec हरुलाई आफुले चाहेको Size मा Drag गरेर मिलाउन सकिने
Software डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोला

0 comments:

Connect two Laptops using WIFI

WiPeer
The Freedom to Share – No Strings Attached


What is WiPeer ?

WiPeer enables sharing files directly among computers, playing multi-player games, chatting, and collaboration over both Wi-Fi and home/office networks. The new Peersonalizer feature of WiPeer allows you to discover whenever your facebook friends, or the friends of your friends, are nearby.

Who needs WiPeer ?

- You are visiting your friends and would like to transfer photos of a shared trip from your laptop to theirs. Wouldn't it be great if you could share your files with them directly from one computer to the other?
- You are sitting in a boring lecture. You and your friends all have laptops, but your university has not installed an access point in the lecture room. Wouldn't it be great if you could play a game of Chess or Reversi against them, or even gossip with them about yesterday's football match?
- You are stuck in an airplane for a long flight and you are looking for something to do. If you could only play a game of Chinese checkers with other passengers...
- You have a home network, or even a small office network, and you'd like to share files among your computers without having to set up a dedicated server. There has to be a simple way of doing this.
- You are new in campus and want to make friends quickly. If you have a facebook account, the Peersonalizer feature of WiPeer can help you with that.

NEW: WiPeer is now also available in Spanish, French, Portuguese, Russian, Italian, Croatian, Macedonian, and Turkish!
To Download Software Click Here

0 comments:

Internet Radio Player And Recorder (Free Version)

Radio? Sure! (Free Version) is an Internet radio player and recorder that comes preloaded with more than 12000 free online radio stations from all around the world. You can search the list by keyword, sort it by country, genre or language and maintain a list of your personal favorites for quick access. The program also allows you to record the radio stream you are listening to and can automatically split the recording into individual mp3 files - one for each track. Other features include the option to add your own stations, support for multiple stream sources, automatic crossfading for smooth transitions when switching stations, command line parameters and keyboard hotkeys

“RadioSure” gives you the smoothest radio listening experience. The main rule is – it should be simple, reliable and should just work.


Main features are:

More than 17000 of stations in the package
Supports most of the internet radio formats – mp3, wma, ogg vorbis, aac+ and so on
Quick and reliable search for your favorite radio stations
Smooth switching between stations including crossfade effect
Recording what you are listening to and packaging it into separate song files
Simultaneous recording of multiple stations
Automatic checking for software and radio stations updates
Command line parameters for automatization
Runs on Windows XP SP3, Vista, Windows 7 (32 and 64 bit)
UNICODE support – all domestic stations are perfectly visible and searchable
and much much more…

Don’t you still want to try?
Just download and enjoy it!

0 comments:

Complete Internet Repair



यदि तपाईंले गल्तीले आफ्नो कम्प्युटरको Internet को settings चलाऊनु भएको छ वा कुनै virus को कारण setting बिग्रेर समस्या भोगी रहनु भएको छ भने यो tool ले तपाईंलाई मद्त गर्न सक्छ ।
Complete Internet Repair नामको यो Tool आफ्नो नाम अनुसार नै तपाईंको कम्प्युटरको Internet सँग सम्बन्धित लगभग सबै समस्याहरुको समाधान गर्नको लागि उपयोगी छ । यसमा तपाईंले धेरै बिकल्प (option) हरु पाउनु हुनेछ र आफ्नो इच्छा अनुसार बिकल्पहरु छानेर वा सबै बिकल्प एकैचोटी छानेर आफ्नो windows को मुल internet Setting प्राप्त गर्न सक्नु हुनेछ ।

It could help if you are experiencing any of the following problems:
@ Internet or network problem after removing adware, spyware, virus, worm, Trojan horse, etc.
@ Loss network connection after installing/uninstalling adware, spyware, antispam, vpn, firewall or other networking programs.
@ Unable to access any webpage or can only access some webpages.
@ Pop-up error window with network related problem description.
@ No network connectivity due to registry errors.
@ DNS lookup problem.
@ Fail to renew the network adapter’s IP address or other DHCP errors.
@ Network connectivity issue with limited or no connections message.
@ Windows update does not work
@ You are having problems connecting to secured websites (ex. Banking).
@ Internet Explorer stopped working or crashes all the time.
@ Other networking problems.

जम्मा 438 KB को Complete Internet Repair एकदम सजिलो Utility हो । यसलाई तपाईंले कम्प्युटरमा Install गरिराक्नु पर्ने जरुरी पर्दैन । बस यसलाई Unzip गर्नुहोस् र ClntRep.exe नामको फाइल Run गरिदिनुहोस् ।
Version: 1.2.8.1280
Release Date: August 5th 2011
System Requirements: Windows XP, Windows 2003, Windows Vista, Windows 7
Disk Space: 1 MB

0 comments:

Free मा कम्प्युटरमा टि।भी च्यानल हेर्ने कि ?



ईन्टरनेट संसारमा अनलाइन टि.भी च्यानल हेर्ने थुप्रै Software का साथसाथै साईटहरु पनि पाईन्छन । कुनै फ्री हुन्छ त कुनैको लागि पैसा तिर्नु पर्ने हुन्छ । यहाँ यस्तै फ्रीमा उपयोग गर्न पाइने एउटा software को बारे चर्चा गरिदैछ । "Readon TV Movie Radio Player" एउटा यस्तो फ्री Software हो जसको मद्तले तपाईंले संसार भरिका चुनिएका टि.भी प्रोग्रामहरु हेर्न र एफ.एम स्टेसनहरु सुन्न सक्नु हुनेछ । हुन त नेपालको सन्दर्भमा यो software त्यती उपयोगी नहोला किनकी यसको लागि उच्च गतीको ईन्टरनेट Connection को जरुरत पर्दछ तर जहाँ उच्च गतिको ईन्टरनेट Connection छ त्यहा यसमा उपलब्ध टि.भी च्यानलहरु बिना रुकावत मज्जाले हेर्न सकिन्छ ।
यसमा बिभिन्न देशका साथसाथै छिमेकी देश भारतका केही चर्चित टि.भी च्यानलहरु हेर्न सकिन्छ , नेपालका च्यानलको कुरा गर्नेहो भने यसमा अहिले सम्म ३ वोटा च्यानल मात्र add भएका छन जसमा सगरमाथा टि.भी, एन टि.भी र एन टि.भी प्लस । यो software को अरु खास बिशेषता भनेको यसमा टि.भी च्यानल तथा एफ.एम स्टेसन हेर्न र सुन्न मात्र हैन Record पनि गर्न सकिन्छ र यसका साथसाथै यसबाट Video Converter, Record Audio from pc, Rip Audio CD जस्ता काम पनि गर्न सकिन्छ । तपाईंहरु पनि एक चोटि यो Software Download गरी प्रयोग गरी किन नहेर्ने त ?

Software download को लागि यहाँ क्लिक गर्नुहोला

यो प्रोग्राम चलाऊनको लागि तपाईंको कम्प्युटरमा Dot Net Framework 3.5 वा त्यो भन्दा माथिको भर्सन Install हुनु जरुरी छ ।


0 comments:

How to disable/enable USB Port in Windows 7 ?

तपाईं आफ्नो कम्प्युटर अथवा ल्यापटपको USB Port लाई सुरक्षित गर्न सक्नु हुन्छ ताकि कोही अरु ब्यक्तीले तपाईंको अनुपस्थितीमा कम्प्युटर बाट PenDrive वा अन्य कुनै डिभाइसले USB Port को माध्यम बाट तपाईंको महत्वपूर्ण Data हरु चोरी गरेर नलगोस । तपाईंले आफ्नो कम्प्युटरको Registry Editor बाट तल उल्लेखित प्रकृया द्वारा सजिलै यो Port लाई enable/Disable गर्न सक्नु हुनेछ । त्यसो त बिभिन्न कम्पनीहरुले आफ्नो कम्प्युटरको यो Port पहिले नै disable गरेर राखेका हुन्छन कारण माथि भनिए जस्तै आफ्नो महत्वपूर्ण Data हरु चोरी नहोस् भनेर, तपाईंले अब यो Trick को प्रयोग गरेर त्यसरी disable गरेर राखेका कम्प्युटरहरुमा यो port लाई enable गरी आफ्नो काम गर्न सक्नु हुन्छ ।

Registry Editor द्वारा USB Port लाई Enable/Disable गर्ने तरिका :
@ windows 7 मा keyboard मा windows key+R थिच्नुहोस् र त्यहा regedit टाईप गर्नुहोस् ।


@ अब windows 7 को Registry Editor खुल्नेछ ।


@ Registry Editor खुलिसकेपछि त्यहा यो location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Services\USBSTOR
@ दाँया तिरको Start मा राईट क्लिक गर्नुहोस् र modify मा जानुहोस् ।


@ USB Port लाई Enable गर्न value लाई 3 राख्नुहोस् ।
@ USB Port लाई Disable गर्न value लाई ४ राख्नुहोस् ।


कम्प्युटरको Registry Editor चलाऊदा एकदम ध्यान दिनु जरुरी छ । यदि तपाईंलाई कम्प्युटर बारे त्यती जानकारी छैन भने सके सम्म यो part लाई नचाउनु नै जाती हुन्छ ।
यदि तपाईंलाई Registry Editor सम्बन्धी त्यती जानकारी छैन भने यो software को प्रयोग गरेर पनि यो काम गर्न सक्नु हुनेछ ।
software downlaod गर्न यहाँ क्लिक गर्नुहोला

0 comments:

ल्यापटपको ब्याट्री तथा बिजुलीको खपत सम्बन्धी समस्या ठीक गर्ने उपाय


ल्यापटप तथा नोटबुक उपयोग गर्नेहरुको वास्तविक समस्या अनी चिन्ता भनेको ब्याट्रीको ब्याकअप पावर कमजोर हुनु नै हो । ल्यापटपको ब्याट्रीको अधिकांश निर्माता कम्पनी द्वारा दिईेएको अबधि भन्दा अगाडिनै त्यसमा समस्या आउन थाल्ने कुरा सामान्य जस्तै हो, तर वास्तवमा ति निर्माताहरु यो बिफलताको लागि जिम्मेदार छैनन किनभने एउटै कम्पनीको ब्याट्री कुनै ल्यापटपमा राम्रै सँग चलीराखेका हुन्छन । यहाँ निर बुझ्नु पर्ने कुरा के हो भने ब्याट्रीको BackUp Power कमजोर हुनुमा ल्यापटपको Setting ( timeout and sleep settings, display settings, and screensavers) आदिमा नै भर पर्ने कुरा हो ।
अब यहाँ कुरा आयो ब्याट्रीको लाईफ बढाउन कसरी setting मिलाउने भन्ने कुरा,

किनकी धेरैलाई आफ्नो ल्यापटपका यि setting हरु कसरी कुन option मा राख्दा ठीक हुन्छ थाहा हुँदैन । यही भ्रमलाई ठीक गर्न Microsoft ले Windows प्रयोगकर्ताहरुको लागि "Fix it" प्रोग्राम provide गरेको छ जुन तपाईंले Microsoft Support website बाट Download गर्न सक्नु हुन्छ । यो Tool चलाएर तपाईंले आफ्नो ल्यापटपको ब्याट्री BackUp लाईफलाई बढाउन सक्नु हुनेछ । यो Tool ले Windows 7 अपरेटिङग सिस्टम मा धेरै राम्रो काम गर्ने भए पनि अरु सिस्टम Vista, Xp मा पनि काम गर्छ ।


जुन ल्यापटपको setting मिलाउनु पर्ने हो त्यही ल्यापटपमा यो साईट खोल्नुहोस्
MicrosoftFixit.power.Run.exe here
र त्यहा Run now बक्समा क्लिक गर्नुहोस् ।

"Fix it" Tool ले fix गर्ने कामहरु
*Period of time before the computer goes to sleep is set too long
*Screen saver is used instead of setting the computer to enter sleep mode
*Display brightness is set too high
*Power plan is not set to the most efficient power plan
*Wireless adaptor in not optimized for power saving
*Minimum processor state is set too high

0 comments:

Facebook shortcut keys for Mozilla Firefox and Internet explorer

फेसबुक आजभोलि सबैको प्यारो बनेको छ । दिनमा एकपटक फेसबुक खोली status अपडेट नगरि, साथीहरुको Status नहेरी अथवा कमेन्ट नगरि त चित नबुझ्ने भईसक्यो । धेरैलाई थाहा नहुन सक्छ कि फेसबुक चलाऊदा पनि बिभिन्न shortcut key हरु प्रयोग गरेर अझ सजिलै यो चलाऊन सकिन्छ भन्ने कुरा । आज यहाँ फेसबुक चलाऊदा खेरी प्रयोग गर्न सकिने shortcut keys को बारे केही जानकारी राख्न गईरहेको छु । लौ अब तपाईंहरु पनि माउसको प्रयोग बिना नै फेसबुक चलाऊने हैन त ?

Shift+Alt+0 : facebook help center

Shift+Alt+1 : facebook homepage

Shift+Alt+2 : your facebook profile page

Shift+Alt+3 : friend request

Shift+Alt+4 : messages

Shift+Alt+5 : notification

Shift+Alt+6 : account page

Shift+Alt+7 : privacy setting

Shift+Alt+8 : facebook's page on facebook

Shift+Alt+9 : facebook terms of use

Shift+Alt+? : enable search

Shift+Alt+m : compose a new message

Enjoy Facebook !!!

0 comments:

Window 7 मा Password Reset Disk बनाउने तरिका

Windows 7 मा Password Reset Disk बनाएर राख्नु हरेकको लागि एकदमै लाभदायक हुन सक्छ किनकी यदि तपाईंले आफ्नो कम्प्युटरको Logon Administrator Password बिर्सिनु भयो भने यो Password Reset Disk को सहायताले सजिलै आफ्नो कम्प्युटरको Password Reset (परिवर्तन) गर्न सकिन्छ । एकचोटी तपाईंले आफ्नो कम्प्युटरको Password Reset Disk बनाएर सुरक्षित राख्नु भयो भने Password बिर्सिएर हुने टेन्सन बाट सधैंलाई मुक्ती पाउनु हुनेछ ।
तपाईंले आफ्नो कम्प्युटरको password Reset Disk बनाउनु भएको छैन र Password बिर्सिनु भयो भने कम्प्युटर logon गर्न धेरै गार्हो पर्छ र अन्तिम बिकल्प कम्प्युटरलाई फरम्याट गर्नु नै रहन्छ । कम्प्युटर फरम्याट गर्नु भनेको तपाईंको कम्प्युटरमा भएका सबै महत्वपूर्ण Data loss गर्नु हो । त्यसैले पछि पछुताउनु भन्दा बेलैमा किन Password Reset Disk बनाइ नराख्ने ???
Password Reset Disk बनाउन तपाईंलाई एउटा pendrive को जरुरत पर्दछ, तपाईंले CD,DVD वा external HardDrive मा Password Reset Disk बनाउन सक्नुहुन्न ।

Password Reset Disk बनाउने तरिका
०) सर्वप्रथम कम्प्युटरमा USB पोर्टमा Pendrive राख्नुहोस् जसमा तपाईंले Password Reset Disk को फाइल save गरेर राख्दै हुनुहुदैछ ।
१) Start बटन मा क्लिक गर्नुहोस् र control Pannel लाई छान्नुहोस् ।
२) त्यहा User Accounts and Family Safety लिन्क मा क्लिक गर्नुहोस् ।

(यदि Control Pannel मा View by: Large icons वा Small icons राखिएको छ भने तपाईंले यो लिन्क देख्नु हुन्न, User Accounts and Family Safety लिन्क देख्नु भएन भने सिधै User Accounts लिन्कमा जानुहोस् ।)
३) User Accounts लिन्क मा क्लिक गर्नुहोस् ।

४) अब बाँया तिरको Task pane मा हेर्नुहोस् त्यहा भएको Create a password reset disk लिन्कमा क्लिक गर्नुहोस् ।
( यो लिन्कमा क्लिक गर्दा तपाईंले "No Drive" Warning मेसेज पाउनु भयो भने तपाईंको कम्प्युटरमा usb PenDrive connection भएको छैन भन्ने जान्नुहोस् र PenDrive Connection चेक गर्नुहोस् । )

५) जब Forgotten Password Wizard विन्डो देखा पर्छ त्यसपछि Next बटन क्लिक गर्नुहोस् ।

६) create a password key disk in the following drive: drop down बक्स मा आफ्नो PenDrive लाई छान्नुहोस् र Next बटनमा क्लिक गर्नुहोस् ।

७) अबको window मा तपाईंको Current Account Password भर्नुहोस् र Next मा क्लिक गर्नुहोस् ।

८) अब केही बेरमा Progress 100% complete भई सकेपछि फेरी Next बटन क्लिक गर्नुहोस् र खुलेको अर्को window को Finish बटनमा क्लिक गर्नुहोस् ।


९) तपाईंको Password Reset Disk तयार भयो । अब तपाईंले उक्त pendrive खोलेर हेर्नु भयो भने त्यहा "UserKey.PSW" नामको एउटा फाइल देख्नु हुनेछ । यो फाइल नै तपाईंको कम्प्युटरको password reset गर्दा प्रयोग गर्ने फाइल हो । त्यसैले आफ्नो यो pendrive लाई सुरक्षित त राख्नुहोस् नै साथसाथै pendrive भित्रको यो फाइललाई पनि सुरक्षित राख्न नबिर्सिनुहोला ।


Note:
तपाईंले आफ्नो कम्प्युटरमा एक भन्दा धेरै पल्ट यो disk को सहायताले Password परिवर्तन गर्न सक्नु हुन्छ, यसको मतलब तपाईं बाहेक अरु कसैले पनि यो drive को मद्दतले उक्त कम्प्युटरको Password परिवर्तन गर्न सक्छन । यो कुरा ध्यानमा राख्नुहोला ।

0 comments:

Windows 7 मा Hard Drive लाई फरम्याट नगरि कसरी Partition गर्ने ?

टेक्निकल दुनियाँमा नयाँ नयाँ अपरेटिङग सिस्टमको आगमन सँगै पुरानाको तुलनामा अझ धेरै सुबिधाहरु थपिएर आएका छन । हालै चलन चल्तीमा रहेको अपरेटिङग सिस्टम Windows 7 तथा Vista मा Disk Partition सजिलै गर्न सकिन्छ । पुराना अपरेटिङग सिस्टममा एक चोटि Partition गरिसकेको Hard Drive लाई फेरी partition गर्नु परेमा Format नै गर्नु पर्ने समस्या हालका अपरेटिङग सिस्टममा छैन । यहाँ चर्चा गर्न लागिएको सिस्टम windows 7 मा तपाईंले सजिलै कम्प्युटर फरम्याट नगरीकनै आफ्नो hard drive लाई Partition गर्न सक्नु हुनेछ । Disk management मा उपलब्ध Shrinking र expanding utility प्रोग्रामको सहायताले तपाईंले Partition मात्र हैन drive डिलिट तथा re-size पनि गर्न सक्नु हुनेछ ।
अब यहाँ Hard Drive लाई कसरी partition गर्ने भन्ने बारे Step by Step चर्चा गरौ :

१) सर्वप्रथम "start" बटनमा क्लिक गरौ, त्यहा देखिएको "Computer" मा राईट क्लिक गरौ र "manage" option मा जाऔ ।

२) "Computer Management" नामको नयाँ window खुल्नेछ, त्यहा "Storage" मा क्लिक गरौ र "Disk Management" मा जाऔ ।

३) "Disk Management" मा गईसकेपछि तपाईंले आफ्नो कम्प्युटरमा भएको Drive हरु देख् न सक्नुहुनेछ ।

४) अब तपाईंले कुन drive लाई partition गर्न खोज्नु भएको हो त्यो "Drive" लाई राईट क्लिक गर्नुहोस् र "Shrink Volume" option लाई छान्नुहोस् ।

५) नयाँ window खुल्नेछ जसमा उक्त Drive को Size, Partition को लागि उपलब्ध space र नयाँ partition मा कति amount को space भएको Drive बनाउने भन्ने option हुनेछ । त्यहा तपाईंले नयाँ Partition गर्दा बन्ने drive कती space को बनाउने हो त्यो Value भर्नु पर्नेछ । याद राख्नुहोस् त्यहा Size of available shrink space मा देखिएको भन्दा बढी Space Value त्यहा राख्न पाउनु हुन्न ।


६) Value राखीसकेपछि Shrink बटन क्लिक गर्नुहोस् र procress सकिन केही समय पर्खिनुहोस् । operation सकिएपछि त्यहा तपाईंले unallocates space र तपाईंले अघि राख्न नु भएको exactly value भएको खाली drive देख् नु हुनेछ । अब त्यो unallocated space लेखिएको drive लाई सेलेक्ट गर्नुहोस् र राईट क्लिक गरेर "New Sample Volume" option मा जानुहोस् ।

७) त्यहा नयाँ बन्ने Volume को लेटर कुन राख् ने छान्नुहोस् र next बटन क्लिक गर्नुहोस् ।
८) अब Format पेज देखिनेछ यहाँ निर ध्यान दिनुहोस् कि File System NTFS सेलेक्ट गर्नुहोस् र Volume Label मा उक्त volume को नाम कुन राख् ने हो लेख्नुहोस् ।


९) Next बटन क्लिक गर्नुहोस् र अन्तिममा Finish गर्नुहोस् ।

0 comments: