निःशुल्क सन्देश पठाउने सफ्टवेयर


एउटा मोबाइलबाट अर्को मोबाइलमा लिखित सन्देश -(एसएमएस) पठाउन अब खर्च नलाग्न सक्छ किनभने हालै एउटा सफ्टवेयरको विकास भएको छ जसको माध्यमवाट निःशुल्क एसएमएस पठाउन सकिन्छ। भारतीयमूलका सवीर भाटियाको कम्पनी ज्याक्सटर इंकले उक्त सफ्टवेयर हालै सार्वजनिक गरेको हो। सन् १९९६ मा ज्याक स्मिथसँग मिलेर भाटियाले हटमेल बनाएका थिए। पछि उक्त हटमेल बिल गेट्सको कम्पनी माइक्रोसफ्टलाई बेचिएको थियो। तिनै भाटियाले मोबाइलको संसारमा नयाँ क्रान्ति ल्याएका हुन्। निःशुल्क एसएमएस पठाउन मिल्ने 'ज्याक्स्टर एसएमएस' नामको उक्त सफ्टवेयर हालै मुम्बईमा सार्वजनिक गरियो। निःशुल्क एसएमएसको विकासलाई मोबाइल सेवा प्रदायक कम्पनीले कसरी लिनेछन्, यो अर्कै कुरा हो। यद्दपि ज्याक्सटर एसएमएसले विश्वका करिब दुई सय देशका सेवाग्राहीलाई प्रभावित बनाउनेछ।
ज्याक्सटर एसएमएस कुनै पनि मोबाइल फोनमा प्राप्त गर्न सकिनेछ। सन्देश प्राप्त गर्ने मोबाइलधनीसँग यो सफ्टवेयर हुन आवश्यक छैन। त्यसो त यो यस्तो सफ्टवेयर हो, जसका लागि प्रयोगकर्ताले कुनै इन्टरनेट एप्लिकेसन डाउनलोड गरिरहनु पर्दैन। आइफोन, एन्ड्रोइड, ब्ल्याकबेरी जस्ता मोबाइल प्लेटर्फममा यो सफ्टवेयर सजिलै डाउनलोड गर्न सकिन्छ। भाटियाले भनेका छन्- '१५ वर्षअघि हामीले विश्वलाई हटमेल उपहार दिएका थियौं, आज ज्याक्सटर एसएमएस दिँदैछौं।'
सफ्टवेयर Download गर्न यहाँ क्लिक गर्नुहोला

0 comments: