विन्डोज XP मा Task Manager र registry edit लाई Disable गर्न

तपाईं आफ्नो कम्प्युटरको registry edit सिस्टम कसैले नचलाओस भन्ने चाहनु हुन्छ ? अथवा कसैले तपाईंको कम्प्युटरको registry चलाईदिएर दिक्क मानिरहनु भएको छ ???

हुन पनि हो कम्प्युटरको registry part एकदम सम्बेदनशिल हुन्छ र कसैले यसलाई नजानीकन चलाईदियो भने पुरै कम्प्युटरको सिस्टममा नै खराबी आउन सक्छ । त्यसैले यो part लाई कसैले नचलाओस भन्नको लागि हामीले कम्प्युटरको registry editor लाई नै disable गरेर राख्न सक्दैनौ र ?
अबस्य पनि सक्छौ । र त्यसको लागि सजिलो तरिका तपाईंले तल दिईएका script लाई डाउनलोड गरेर प्रयोग गर्नु पर्ने हुन्छ ।
त्यस्तै तल राखिएको अर्को script को प्रयोग बाट कम्प्युटरको Task Manager लाई पनि disable गरेर राख्न सकिनेछ ।

Registry Editor लाई disable गर्ने script डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
Task Manager लाई disable गर्ने script डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

हरेक script लाई डाउनलोड गरीसकेपछि save भएका फाइल हरु regtools.vbs.txt र TaskMrgtools.vbs.txt लाई rename गरेर पछाडिको .txt लाई हटाइदिनुहोस् र आएको मेसेजमा Yes गरिदिनुहोस् । अब ति फाइलहरु .vbs script मा चेन्ज हुनेछ । अब registry editor लाई disable गर्न regtools.vbs लाई double click गर्नुहोस् । तपाईंको कम्प्युटरको Registry Editor disalbe हुनेछ । यदि फेरी तपाईंलाई यो enable गर्नु परेमा फेरी त्यही script लाई double click गर्नुहोस् । भन्नुको मतलब Script लाई पहिलो चोटि क्लिक गर्दा disable र दोस्रो चोटि क्लिक गर्दा enable हुनेछ ।

Enjoy !!!

0 comments: