आफ्नो वेब-ब्राउजरको पुण्य-तिथी ( एक्स्पाईरी डेट ) थाहा छ

..एउटा नयाँ शोधमा यो कुरा अगाडि आएको छ कि ईन्टरनेट प्रयोगकर्ताहरु मध्य ४० प्रतिशत आफ्नो ईन्टरनेट ब्राउजरलाई अप टु डेट राख्दैनन भन्नुको मतलब नयाँ update आईसक्दा पनि आफ्नो पुरानो ब्राउजरलाई त्यतिकै राख्दछन update गर्दैनन । जसको परिणाम स्वरुप अन-लाइन सुरक्षामा खतरा हुन्छ र उनिहरुको कम्प्युटरमा भाईरस आक्रमण र अरु सँक्रमणको शिकार भईरहन्छ ।

शोधकर्ताहरुमा गूगल र आई बि एम का बिशेशग्यहरु शामिल थिए र यो आकँडा विस्वसनिय होस् भन्नको लागि विश्वभरीका १०४८ बिलियन नेट प्रयोगकर्ताहरुको खाताको जानकारी राखिएको थियो जसमा IE7, फ़ायरफ़ाक्स, सफ़ारी, ओपेरा आदी सबै ब्राऊजरहरुको प्रयोग गर्नेहरु शामिल थिए ।
जसअनुसार पुरानो भर्सन प्रयोग गर्नेहरुमा विन्डोजमा चल्ने ईन्टरनेट-एक्स्प्लोरर प्रयोगकर्ताहरु सबै भन्दा बढी छन भने फ़ायरफ़ाक्सको प्रयोगकर्ता सबैभन्दा कम ।
त्यसैले तपाईंपनि आफ्नो कम्प्युटरको वेब ब्राउजरलाई अप टु डेट राख्ने गर्नुहोस् र सम्भाबित सन्क्रमण र आक्रमण बाट बच्नुहोस् , यदि तपाईंको ब्राउजरमा Auto अपडेट option छ भने त्यस्लाई चालु राख्नुहोस् अन्यथा आँफै यो कार्य गर्नुहोस् ।
त्यसो त अहिले यो आईडियामा बिचार बिमर्श जारी छ कि हरेक ब्राउजरमा एक्स्पाइरी डेट राख् ने जस्तोकि औषधी, दुध, पाउरोटीहरुको एक्स्पाइरी डेट हुने गर्छ जसले गर्दा प्रयोगकर्ताहरुमा ब्राउजरलाई नबिकरण गर्ने बारे याद गर्न मद्घत मिल्नेछ ।
पुरा शोधको जानकारी यहाँ क्लिक गरेर हेर्नसक्नु हुनेछ ।

0 comments: